१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Friday, 09 May, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १८ मंगलबार १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङका दुई स्थानमा बर्ड फ्लु संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार १२:१o:oo

मोरङका दुई स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढीगङ्गा –५ मा बर्डफ्लु संक्रमण पुष्टि भएको हो।

उक्त स्थानका किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत आइतबार नै नष्ट गरिएको छ। मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्थास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ।

यस्तै, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बलन गर्न, पक्षीपालक किसानले फार्म परिसरमा नियमित रूपमा निसंक्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमा आउन नदिन हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्रीस्थलमा अस्वाभाविक रूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ। रासस