१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालयको सुधारका योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:१७:oo

शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा उनले त्रिवि सुधारका योजना मागेका हुन् । मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको र देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिएर कार्यान्वयनमा जान उनले आग्रह गरे । 

मन्त्री पौडेलले वार्षिक एक खर्बभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए ।

विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सिर्जना गरी त्यसका लागि केही समस्या भएमा मन्त्रालयले समाधान गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक क्यालेन्डरको व्यवस्था गरी कडाइका साथ पालना गर्ने बताए ।

उनले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाइ प्रभावित भएको बताएका थिए । उनले राजनीतिक दलनिकटबाट एक सय ४९ दिन तालाबन्दी भएको र आफूहरूले असुरक्षित महसुस गरेको बताए । 

ad
ad