Skip This
ad
नेपाल–भारत स्टार्टअप सम्मेलन सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल–भारत स्टार्टअप सम्मेलन सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:o६:oo

भारतको नयाँ दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आइतबार नेपाल–भारत स्टार्टअप सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरेको छ । कोरोना महामारीपछि अर्थतन्त्रको पुनर्थापनाका लागि भारत–नेपाल केन्द्र (आइएनसी) को नेतृत्वमा, नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल एसबिआई बैंकको सहयोगमा स्टार्टअप सम्मेलन २०२२ आयोजना गरेको हो । 

सम्मेलनलाई सम्बोधन गर्दै भारतका लागि कार्यबाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले नेपाल र भारतबीचको द्विपक्षीय आर्थिक सहयोगको बृहत्तर प्रवृतिलाई सम्मेलनले प्रतिबिम्बित गरेको बताए । उनले स्टार्टअप सम्मेलनले दुई देशबीच आर्थिक विकासमा सहकार्यका लागि प्रोत्साहित गरेकोसमेत उल्लेख गरे । 

नेपालका लागि भारतीय पूर्वराजदूत तथा भारत–नेपाल केन्द्रका अध्यक्ष केभी राजनले स्टार्टअपको सरलीकरण, ह्यान्ड होल्डिङ र फन्डिङ जस्ता महत्वपूर्ण पक्षहरूलाई निरन्तर पुनरावलोकन गरिरहनुपर्ने बताए । उनले विशेषतः युवाहरूद्वारा भएको आविष्कारलाई प्रोत्साहन, मार्गदर्शन र पुरस्कृत गर्नुपर्नेमा पनि जोड दिए । 

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा सिइओ दीपककुमार डेले गहिरो द्विपक्षीय सम्बन्धका कारण भारत नेपालको सबैभन्दा बलियो आर्थिक साझेदार बनेको बताए । नेपालमा भारतीय लगानी प्रभावशाली रहेको भन्दै उनले बैंक नेपालको प्रगतिको साझेदार रहेको पनि बताए । उनले स्टार्टअपहरूलाई बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पिएचडी चेम्बरका अध्यक्ष  प्रदीप मुलतानीले दुवै मुलुकको आर्थिक प्रगतिमा नेपाल र भारत महत्वपूर्ण साझेदार भएको बताए । उनले नेपाल र भारत दुवैमा स्टार्टअप इको सिस्टमका लागि चेम्बरको भारत नेपाल केन्द्रले निरन्तर सहयोग गर्ने बताए । चेम्बरका पूर्वअध्यक्ष अनिल खेतानले एक दशकमा स्टार्टअपको बढोत्तरी भएको बताए । सिएनआईका उपाध्यक्ष रोहित गुप्ताले नेपालमा लजिस्टिकदेखि ई–कमर्ससम्मका विभिन्न क्षेत्रमा काम गर्ने धेरै रोचक स्टार्ट–अप रहेको उल्लेख गर्दै तर, नेपालमा स्टार्टअप फस्टाउन लगानीको अनुकूल वातावरण आवश्यक रहेकोमा जोड दिए ।

भारतको नीति आयोगका व्यापार तथा वाणिज्य प्रमुख डा. बद्रीनारायणन गोपालकृष्णनले नेपालमा स्टार्टअपहरू फस्टाउँदै गएकोमा खुसी व्यक्त गरे । स्टेट बैंक अफ इन्डियाका नेपाल डेस्क प्रमुख एवं सिजिएमले स्वास्थ्य आपतकालको रूपमा, कोभिड–१९ ले नेपाल र भारत दुवैलाई  स्टार्टअप क्षेत्रमा नवीनताका पक्षहरू खोजी गर्ने अवसर दिएको बताए । एफवान सफ्ट इन्टरनेसनल प्रालिका अध्यक्ष तथा इसेवाका संस्थापक विश्वास ढकालले नेपालको रोजगारी सिर्जनाको प्रमुख स्रोत नेपालको साना तथा मझौला क्षेत्र भएको बताए । पिएचडी चेम्बरका महासचिव  सौरभ सन्यालले स्टार्टअप डोमेनमा नेपालको सफलताका विषयमा चर्चा गरेका थिए । 

स्टार्टअप सम्मेलनको समन्वयकर्ता अतुलकुमार ठाकुरले द्विपक्षीय आर्थिक सहयोगका महत्वपूर्ण सरोकारवालाहरूलाई नेपाल र भारतका साझा विचार प्लेटफर्ममा ल्याउन स्टार्टअप सम्मेलन आयोजना भएको जानकारी दिए । सम्मेलनमा सरकार र निजी क्षेत्रका प्रमुख नीतिनिर्माताहरू सहभागी रहेको ठाकुरले जानकारी दिए ।

ad
ad