१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– १३ चारआलीका ७१ वर्षीय खम्बासिंह कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार बिहान ३ बजे जंगली हात्ती धपाउने क्रममा कार्कीलाई हात्तीले कुल्चिएर घाइते बनाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

हात्तीले कुल्चँदा उनको भित्री शरीरमा चोट लाग्नुका साथै बायाँखुट्टा भाँचिएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।