१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल बारको निर्वाचन १९ चैतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसिएसनको निर्वाचन चैत १९ मा हुने भएको छ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिने भएसँगै बारले २५ सदस्यीय नयाँ कार्यसमितिको लागि चैत १९ मा निर्वाचन गर्न लागेको हो।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार  शुक्रबार बसेको बार केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरेको हो। ‘२५ सदस्यीय नयाँ कार्यसमितिका लागि चैत १९ मा निर्वाचन गर्ने निर्णय भएको हो,’ उनले नयाँ पत्रिकासँग भने। 

बार कार्यसमितिमा अध्यक्ष, प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य  रहने व्यवस्था रहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार बार निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुनेछन्।