१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै कल सेन्टरको शुभारम्भ गरेका हुन्।

नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले सो कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए। उनले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ वा १६६००१५०००५ निःशुल्क टेलिफोन तथा [email protected] इमेलको पनि व्यवस्था गरिएको छ।