१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रगत संकलन अभियानमा युवा संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:३४:oo

राष्ट्रिय युवा संघ नेपालले कोभिड महामारीमा अस्पतालहरूमा रगतको अभाव हुन नदिन देशव्यापी रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। त्यसक्रममा संघले शनिबार काठमाडौं उपत्यकामा पाँच स्थानमा रक्तदान गरेको छ। 

काठमाडौंको चाबहिल, नयाँ बानेश्वर र सिफलचौर, भक्तपुरको दरबार स्क्वायर र ललितपुरको मंगलबजारमा संघका नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन्।

कोभिड संक्रमणको महामारीका वेला अस्पतालहरूमा रगत अभाव हुन नदिने उद्देश्यले रचनात्मक कार्यक्रमअन्तर्गत अभियानकै रूपमा देशभर रक्तदान कार्यक्रम सञ्चालन भइरहेको केन्द्रीय प्रचार विभागका प्रमुख महाराज गुरुङले बताए। 

‘महामारीमा रगत अभाव हुन नदिन हामीले पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको समेत कामना गर्दै साताव्यापी रूपमा देशभर रक्तदान कार्यक्रम चलाइरहेका छौँ,’ गुरुङले भने, ‘शनिबार संकलित चार सय पाउन्ड रगत रेडक्रसलाई हस्तान्तरण गरेका छौँ, उत्साहजनक ढंगले अभियानका रूपमा सञ्चालित अभियानमा सयौँ नेता–कार्यकर्ताहरू जोडिनुभएको छ ।’ 
 

ad
ad