१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बढी खर्च गर्ने सरकारलाई बजेट पनि बढी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा बढी खर्च गर्न सक्ने सरकारलाई बजेट पनि बढी नै पार्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थविषयक विषयगत समितिको भर्चुअल बैठकमा बोल्दै उनले जनतालाई सबभन्दा बढी सेवा दिने र बढी खर्च गर्ने सरकारलाई बजेट पनि बढी व्यवस्था गरिने बताएका हुन् ।

अहिले देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । ‘जसले सबभन्दा बढी खर्च गर्न सक्यो, त्यसैका लागि बढी बजेट व्यवस्था गरिनेछ,’ अर्थमन्त्रीले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।’

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अंगीकार गरेर जानुपर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अंगीकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनको भनाइ थियो ।

‘जेजति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध गर्छु,’ उनले भने, ‘तपाईंहरूले उठाएका विषयबारे योजना आयोग, राष्ट्र बैंकलगायत निकायसँग बसेर थप छलफल गर्नेछौँ’ अर्थमन्त्री शर्माले भने ।