Skip This
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १७:५७:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री देउवाले शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब १ घण्टा समसामसयिक विषयमा छलफल भएको थियो। 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । ‘भेटघाट नियमित नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भयो,’उनले नयाँ पत्रिकासँग भने। उनका अनुसार प्रधानमन्त्री देउवा भेटका लागि दिँउसो ३ बजे शीतलनिवास पुगेका थिए।