१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रौतहटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:२४:oo

रौतहटमा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। गरुडा नगरपालिका– ४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गढीमाई नगरपालिका– ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेका छन्।

बुधबार राति करिब ११ बजे ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल गरुडाबाट मलाही टोल जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि झाझपुलस्थित रौतहट ग्रान्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

यसैगरी, जिल्लामा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका– ९ बडहर्वा टोलमा बिहीबार बिहान पौने १० बजेतिर ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय मनोज यादवको अन टेस्ट लेखिएको रोकेर राखिएको ट्याक्टर ब्रेक फेल भई गुड्दा सडकमा खेलिरहेका बालकलाई किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमियाका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले जानकारी दिए।

मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। घटनापश्चात् फरार मनोज यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ad
ad