
राष्ट्रिय सभामा निर्वाचित प्रदेश १ बाट सत्तारूढ गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।
बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए।
प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।