१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामारी कम नभएसम्म जनपरिचालनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको पार्टी नेता कृष्णबहादुर महराले जानकारी दिए । उनले एमसिसीको विषयमा चर्को बहस भइरहेकाले त्यसलाई समाधान गर्न पार्टीले कार्यदल बनाएको र कार्यदलको सुझावपछि मात्रै परिमार्जनसहित अघि बढ्ने विषयमा छलफल भएको बताए।

बैठकमा तीनै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको महराले जानकारी दिए।