१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

पाकिस्तानमा कोरोना संक्रमितहरुको संख्या अहिलेसम्मकै धेरै दर्ता भएको छ। पाकिस्तानमा पछिल्लो २४ घण्टामा सात हजार ६७८ जना कोभिड संक्रमित भएका छन्। दुई वर्षयता यो उच्च दैनिक संख्या रहेको जियो टिभीले जनाएको छ।

शुक्रबार बिहानको तथ्यांकअनुसार पाकिस्तानमा संक्रमण दर उच्च भेटिएको हो। दुई वर्षयता २०२० जुन १३ मा कोरोना संक्रमितहरुको सबैभन्दा धेरै दैनिक संख्या रेकर्ड गरिएको थियो। त्यसबेला पाकिस्तानमा एक दिनमा छ हजार ८२५ जना संक्रमित थिए। पाँच दिनअघिको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। अहिलेसम्म पाकिस्तानमा कुल मृतकको संख्या २९ हजार ६५ पुगेको जनाइएको छ।

यहाँको कोरोनासँग सम्बन्धित राष्ट्रिय कमाण्ड तथा अपरेशन सेन्टरले तथ्यांक संकलन गर्दै आएको छ। मुलुकमा कोरोना संक्रमितहरु बढे पनि पाकिस्तान सरकारले लकडाउनलगायतका मापदण्ड लागू गर्न अस्वीकार गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार सार्वजनिक एक प्रतिक्रियामा पाकिस्तानमा लकडाउन लागू नहुने बताएका छन्। पाकिस्तानमा हालसम्म १३ लाख ५० हजार जना कोरोनाबाट संक्रमित भएका छन्। पछिल्ले २४ घण्टामा ५९ हजार ३४३ जनाको परीक्षण हुँदा १२.९३ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।