१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ बैशाख २४ सोमबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

संखुवासभा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४४:oo

संखुवासभा उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभगत प्रधान सर्वसम्मत भएका छन् । संघको १४औँ जिल्ला अधिवेशनबाट समितिका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत, उपाध्यक्षहरू सञ्जीवकुमार श्रेष्ठ, नवीनकुमार गौली र डाक्टरप्रसाद पराजुली निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिव सरोजकुमार बज्राचार्य, उपमहासचिव प्रवीण श्रेष्ठ, सचिव हिमाल श्रेष्ठ र राजकुमार श्रेष्ठ चयन भएका हुन् । कोषाध्यक्षमा जनक पौडेली र सहकोषाध्यक्षमा राजीव श्रेष्ठ चयन भएका छन् । उक्त समितिमा २९ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन अधिकृत श्यामसुन्दर उदासले जानकारी दिए ।

संखुवासभा उद्योग वाणिज्य संघ व्यापारीहरूको साझा संस्था हो । यसले विभिन्न सामाजिक क्रियाकलापसमेत गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष प्रधानले व्यापारीहरूको हकहितका लागि नयाँ कार्ययोजना बनाएर लागिपर्ने बताए ।

ad
ad