१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format २१:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध वन्यजन्तुको अखेटोपहार र कार्तुस बन्दुकसहित एक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

कास्की प्रहरीले अवैध वन्यजन्तुको अखेटोपहार, कार्तुस बन्दुक, छर्रा, बारुद, सिसाको डल्ला, पटकालगायतका सामानसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर २२ पुम्दिभुम्दी बस्ने  २८ वर्षीय खोबहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको तिवारीले जानकारी दिए ।खटिएको प्रहरी टोलीले पुम्दिभुम्दीमा रहेको थापाको घरबाट अवैध वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ७ फिट लम्बाइ, २ फिट ६ इन्च चौडाइ भएको पुच्छरसहितको टाटेपाटे आकारको खैरो रङको छाला एक थान र चितुवाको जस्तो देखिने २ वटा दाह्रासहितको दाँतको भागको टुक्रा एक थान बरामद गरेको थियो। 

यसैगरी प्रहरीले थापाको घरबाट हतियार नम्बर ७८१३४ नम्बरको ३ फिट १०.०५ इन्च लम्बाइ भएको भिर्ने फित्ता (सिलिङ) सहितको दुईनाले कार्तुस बन्दुक एक थान, सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खाली खोका ४५ थान, बन्दुकमा लाग्ने धातुका छर्रा एक सय ९१ थान, बन्दुकमा प्रयोग हुने बारुद तीन सय १५ ग्राम, बन्दुकमा प्रयोग हुने धातुका सानो छर्रा १५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ ३ थान (तौल गर्दा २ के.जी. ९०५ ग्राम) र सानो पटका रहेको रातो रंगको पत्ता एक थान फेला पारेको थियो ।

पक्राउ परेका थापालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसका साथै उनले वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरसमेत गरेको हुँदा थप अनुसन्धान र कारबाहीको लागि उक्त वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रक्रियामा प्रहरी रहेको तिवारीले जानकारी दिए ।