१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

काठमाडौंको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका– ६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर– ६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिसा महर्जन, प्रदीपमानसिंह बस्नेत र रमादेवी श्रेष्ठ छन्। उनीहरूको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमानसिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ। यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशीसमेत पुरस्कारका रूपमा दिने गरेको पाइएको छ। सोधपुछका क्रममा १० महिनाअगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएको छ। रासस