१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी निरीक्षक लिम्बू र जवान कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

इलाम र उदयपुरमा कार्यरत दुईजना प्रहरी प्रदेश १ मा पुस महिनाको उत्कृष्ट बनेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बू र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उपरीक्षक नवीनराज राईले जानकारी दिए।

२० वर्षअगाडि कर्तव्य गरी ज्यान मारेर फरार भएका अभियुक्त पक्राउ गर्न प्र.नि लिम्बू सफल भएका थिए। यसैगरी, प्र.ज कार्कीले क्षमताभन्दा बढी यात्रु हाल्दा सप्तकोसीमा डुंगा पल्टिँदा १२–१५ जना बेपत्ता पारेको ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई ८ वर्षपछि  पक्राउ गरेका थिए।

प्रवक्ता राईका अनुसार हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई प्रदेश प्रहरी कार्यालयले ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै कार्यालयमा रहेको स्तम्भमा कार्य विवरण प्रकाशित गराउँदै आएको छ।