मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनिवार्य मास्कको प्रयोग गराउन ट्राफिक प्रहरीद्वारा सचेतना अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o३:oo

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीबारदेखि न्युरोड गेटबाट अभियान सुरु गरेको हो।

अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन्। कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्र गतिमा बढिरहेका वेलामा सार्वजनिक यातायातबाट हुन सक्ने संक्रमण रोक्नका लागि अभियान सुरु गरिएको बताए। सुरुको चरणमा १५ हजार सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदुर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए। “अहिले राजधानीबाट सुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौँ”, उनले भने। उनले देशभरका यातायात मजदुरलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।