१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
गत कात्तिकमा कमल– २ स्थित आइपिएम सहकारीले कुहिएको आलु डोजर लगाएर खाल्डोमा पुर्दै ।
२o८१ बैशाख ३० आइतबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

शीतभण्डारमै कुहियो आलु, तीन महिनामा पनि कृषकले पाएनन् क्षतिपूर्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२४:oo

गत कात्तिकमा परेको बेमौसमी वर्षाले दमकको शान्ति कोल्ड स्टोरमा राखेको कृषकको बिउ आलु कुहिएपछि कृषकले भने अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । कोल्ड स्टोर भवनको भित्ता र छानाबाट पानी चुहिँदा झापा र मोरङका आठ सय ४० किसानको सात हजार ३०३ बोरा आलु कुहिएको थियो । 

शीतभण्डारले कृषकको दुई करोड ४६ लाख ६४ हजार ८७१ रुपैयाँ क्षति भएको अनुमान गरेको छ । खेतीका लागि राखिएको बिउ कुहिएको तीन महिनासम्म शीतभण्डारले आस मात्र देखाएको कृषकले बताएका छन् । कृषकले गाउँको कृषि समूह र कृषि सहकारीमार्फत गत चैतमा प्रतिबोरा तीन सय ६५ रुपैयाँ तिरेर कुहिनबाट जोगाउन कोल्ड स्टोरमा आलुको बिउ राखेका थिए । गत कात्तिकामा आलु रोप्न बिउ निकाल्न खोज्दा कुहिएको अवस्थामा आलु भेटिएको थियो । ‘जसोतसो गरेर अलिअलि आलु त रोप्यौँ । कृषकलाई क्षतिपूर्ति आउँछ भनेर फकाए’ कमल– २ को आइपिएम कृषि सहकारीका कोषाध्यक्ष टंक कट्टेल भन्छन्, ‘अहिलेसम्म क्षतिपूर्ति पाइएन । कृषकको दबाब थामिनसक्नु छ । हाम्रो सहकारीमार्फत मात्र सात सय बोरा आलु कोल्ड स्टोरमा राखेका थियौँ ।’ 

कृषि सहकारीमार्फत चार सय र कट्टेल आफैँले तिन सय बोरा आलु कुहिनबाट जोगाउन कोल्ड स्टोरमा राखेका थिए । तर, कुहिएर कामै नलाग्ने भएपछि सहकारीमार्फत राखेको र आपूmले उब्जाएको आलु उनले गत कात्तिकमा आफ्नै घरको आँगनमा डोजर लगाएर पुरे । सुरुमा शान्ति कोल्ड स्टोरले क्षतिपूर्ति दिने भनेपछि बिउ नमासियोस् भनेर केही कृषकलाई सहकारी आफैँले बिउ दिएको बताए । ‘अस्तिसम्म त क्षतिपूर्ति दिन्छ कि भन्ने लागेको थियो । तर, अहिले त दिँदैन भन्नेमा पुग्यौँ,’ कट्टेलले नयाँ पत्रिकासँग भने, ‘हामीलाई दिन्छौँ भनेर अल्झाउने काम मात्र भएको छ । क्षतिपूर्ति पाएनौँ भने आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

गौरीगन्ज– १ का कृषक प्रेम राईले ६० बोरा आलु महाभारा साना किसान कृषि सहकारी संस्थामार्फत शीतभण्डारमा राखेका थिए । गत वर्ष १४ कट्ठामा आलु लगाएका उनले यसपटक खेती विस्तार गर्ने र बिउको आवश्यक परेका वेला बिक्रीसमेत गर्ने योजना बनाएर अन्य कृषकसँग पनि खरिद गरेर आलु शीतभण्डारमा राखेका थिए । तर, सबै आलु कुहिँदा एक लाखभन्दा बढी क्षति भएको उनले बताए । ‘कृषि पेसा गरेरै परिवार पाल्दै आएको छु । यस्तो भयो भने त कसरी परिवार पाल्ने ? किसानलाई त मर्नु कि बाँच्नु भएको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म क्षतिपूर्तिको कुरै छैन । फोन गर्दा कोल्ड स्टोरको मान्छेले फोन नै उठाउँदैनन् ।’ 

क्षतिपूर्ति माग गर्दै बुधबार महाभारा साना किसान कृषि सहकारीका प्रतिनिधि दमकस्थित शान्ति कोल्ड स्टोर पुगेका थिए । तर, सञ्चालकको कुरा सुनेर उनीहरू निराश भएर फर्किए । ‘अस्तिसम्म त क्षतिपूर्ति पाइएला भन्ने आस थियो । अब त आशा नै म¥यो,’ सहकारीका सदस्य कृष्ण पौडेलले भने, ‘तर, कोल्ड स्टोरले जसरी भए पनि क्षतिपूर्ति दिनैपर्छ ।’

शीतभण्डार सञ्चालकले भने सबै कृषकको आलुको बिमा गरेको जनाएको छ । यद्यपि, बिमा कम्पनीले आलटाल गर्दा कृषकले क्षतिपूर्ति पाउन नसिकेको शीतभण्डार सञ्चालक सन्तोष अधिकारीले बताए । ‘हामीले अजोड इन्स्योरेन्स कम्पनी दमकमार्फत बिमा गराएका थियौँ । हामीले अविरल वर्षासँगै आएको पानी पसेर बिग्रिएको आलु पनि देखायौँ । यो इन्स्योरेन्स कम्पनीले काठमाडौंको सिमेट कन्सल्टेन्सीलाई सर्वेयर राखेको रहेछ । यसको आलटालका कारण किसानले क्षतिपूर्ति पाउन सकेनन्,’ उनी भन्छन्, ‘यसले दुई दिनअघि मात्र हामीलाई पत्र लेख्दै प्राकृतिक प्रकोप नभई भवन चुहिनु मानवीय कमजोरीले क्षति भएको भनेको छ । 

ad
ad