१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format २३:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:१३:oo

क्रिकेटर शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनलाई पराजित गर्दै संघको अध्यक्षमा हरि बहादुर थापा निर्वाचित भएका छन्। संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित भएका हुन्। गौचनले ४० मत प्राप्त गरेका थिए। १ सय १० मतदाता रहेको रुपन्देही क्रिकेट संघमा १०५ मत खसेको थियो।

संघको उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन्। उनीहरुका प्रतिद्वन्दी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन्।

निर्वाचनमा प्यानल नै बनाएर दवै टिम निर्वाचनमा होमिएका थिए। क्रिकेट पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन्। सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएका छन्।

गौचनले सन् २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी गत वर्ष अगष्टमा नेदरल्यान्ड्समा भएको नेपालको पहिलो ऐतिहासिक ओडिआई खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत विदा भएका थिए।