मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Tuesday, 15 July, 2025
२o७८ माघ ५ बुधबार o६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार o६:५५:oo

लुम्बिनी विकास बैंकले पोखराको दोबिल्लामा रहेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई दुई लाख ४३ हजार नगद सहयोग गरेको छ । पोखराकै सहारा क्लबले सञ्चालन गरेको एकेडेमी सञ्चालनका लागि बैंकले नगद सहयोग गरेको हो ।

एकेडेमी परिसरमा आयोजना गरिएको कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्युरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रबन्धक गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गर्दै सञ्चालक सिग्देलले एकेडेमीमा आश्रितहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । क्लबले गरेको कामको प्रशंसा गरेका थिए । बंैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही वर्षदेखि एकेडेमी सञ्चालनका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए ।

क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा र खानाका लागि खर्च गरिने बताए । एकेडेमीमा हाल १५ जिल्लाका २४ जना कठिन एवं विपन्न परिस्थितिका बालकहरू रहेका छन् । क्लबले एकेडेमीमार्फत उनीहरूको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले ०६१ सालदेखि एकेडेमी सञ्चालन गरेको हो ।