मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौनियार जातिलाई जनगणनामा सूचीकृत गरिदिन माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

रौनियार जातिको नाम सूचीकृत गराउने माग राख्दै आइतबार नेपाल रौनियार महासंघले केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराएको छ। महासंघका केन्द्रीय महासचिव श्रवणकुमार रौनियारको नेतृत्वको टोलीले आइतबार विभागका महानिर्देशक नेबिलकुमार श्रेष्ठलाई भेटी केन्द्रीय तथ्यांक विभागले हालै सम्पन्न गरेको १२औँ राष्ट्रिय जनगणनामा रौनियार सूचीकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासचिव श्रवणले परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा बसोबास रहेको रौनियार जातिको हालसम्म केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने राष्ट्रिय जनगणनामा कहिल्यै सूचीकृत नगरेको अवगत गराउँदै यसपटक सूचीकृत गर्न जोडदार माग गरेका  छन् । उनले यसपटक घरघरमा  जनगणना गर्न आउने गणकहरूले एक जातिलाई अन्य जातिमा समावेश गर्ने भएकोले पनि अन्योल उत्पन्न गरिदिएको औँल्याए। 

‘देशभरि उलेख्य संख्यामा रौनियार जातको परापूर्वकालदेखि नै बसोबास छ। सबै आ–आफनो व्यवसाय वा अन्य माध्यमले देशको राजस्वमा योगदान दिँदै आएका छन्,’ महासचिव श्रवणले भने ‘११औँ राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भने रौनियार जातिको नेपालमा ११० वर्षको इतिहास हुन्छ। देशमा यति बाक्लो उपस्थिति रहेको रौनियार जाति,जातिको सूचीमा उल्लेख नहुनुले हामी हाम्रो पहिचा तथा अवसर दुवैबाट वन्चित पारिएका छौँ।’  ज्ञापनपनत्र बुझ्दै महानिर्देशक नेविललाल श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यसपटकको जनगणनामा प्राप्त तथ्यांकअनुसार कुनै पनि जानजातिलाई सूचीकृत हुनबाट वन्चित नपारिने बताए।