Skip This
बाग्लुङमा ७८ प्रतिशतले पाए पूर्ण खोप, पाँच हजार फ्रन्टलाइनरलाई बुस्टर डोज दिइने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Monday, 15 September, 2025
२o७८ माघ ४ मंगलबार १४:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा ७८ प्रतिशतले पाए पूर्ण खोप, पाँच हजार फ्रन्टलाइनरलाई बुस्टर डोज दिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १४:३६:oo

बाग्लुङका ७८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जिल्लामा १८ वर्ष उमेर पुगेका कुल नागरिकको ७८ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ। 

१८ वर्षमाथिका कुल एक लाख ५९ हजार तीन सय चारजनालाई पूर्ण खोप प्रदान गर्ने लक्ष्यअनुसार हाल एक लाख २४ हजार सात सय ६८ जनाले खोप प्राप्त गरेका स्वास्थ्य कार्यालय बाग्लुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। यसैगरी, हालसम्म एक लाख ४३ हजार चार सय आठजना अर्थात ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

जिल्लामा कुल दुई लाख ८२  हजार आठ सय २८ मात्रा प्राप्त भएको थियो। प्राप्त खोपमध्ये एक लाख ९३ हजार तीन सय ९४ भेरोसेल, ७१ हजार एक सय २० कोभिडसिल्ड र एष्ट्राजेनिका, १६ हजार तीन सय १० जोन्सन एन्ड जोन्सन, दुई हजार ४ मात्रा फाइजर रहेको थियो। जिल्लामा १८ वर्ष माथिका १८ हजार ६ सय ४० जना दोस्रो मात्राको पर्खाइमा छन् भने ३४ हजार पाँच सय ३६ नागरिकले अहिलेसम्म कुनै पनि खोप लगाएका छैनन्।
 
पाँच हजार फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’
खोप लगाउन बाँकी नागरिकलाई पनि लगत्तै खोप प्रदान गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पाँच हजार नागरिकलाई लक्षित गरी सोमबारदेखि ‘बुस्टर डोज’ लगाउन सुरु गरिएको छ।

सरकारको निर्णयअनुसार जिल्लामा अग्रपंक्तिमा  काम गर्नेलाई ‘बुस्टर’ मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। खोप लगाउन आउने नागरिकले खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ। उक्त खोप जिल्लाका १० वटै स्थानीय तहबाट सञ्चालन गरिएको कार्यालयले जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका लागि ७ माघदेखि खोप लगाइनेछ। जसमा झन्डै २८ बजार पाँच सयले खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख गुरौले जानकारी दिए।