मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर ।
२०७८ माघ ३ सोमबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना 

Read Time : < 1 मिनेट
२०७८ माघ ३ सोमबार १३:५३:००

हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति हुम्ला र स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको हो । 

सोमबारदेखि लागू हुने गरी जिल्ला भित्रिने विभिन्न नाका र विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताए । 

सात स्थानीय तह रहेको हुम्लामा भित्रिने प्रवेशद्वारका नाकामा पनि हेल्थडेस्क र होल्डिङ सेन्टर व्यवस्थापन गरिने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट विमानस्थल, ताजाकोट र बाजुराकोे सिमाना कवाडी र चंखेली नाकाबाट भित्रिनेले कोभिडविरुद्धको खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताए । 

बैठकले माघ ७ गतेबाट सार्वजनिक निकायमा सेवा लिन जाँदा सेवाग्राहीले अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०७८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने निर्णयसमेत गरिएको छ ।