Skip This
खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार १८:२९:oo

खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारले निर्देशन दिएको छ। पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले  ’कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८’ जारी गर्दै यस्तो निर्देशन दिएको हो। उक्त आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको छ। आदेशानुसार स्थानीय तहको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, महानगरपलिका र उपमहानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरू राख्नुपर्ने बताइएको छ। त्यस्तै, माथिल्लो तहबाट आदेश भएका निर्देशनको पालना गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई नै निर्देशन दिइएको छ।

सांस्कृतिक कार्यक्रम गर्दा पाँचजनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, मठ मन्दिर, पार्टी प्यालेस, रंगशाला, सपिङ मल, सिनेमा हललगायत ठाउँमा भिडभाड हुन नदिने, हवाई उडानमा थप सावधानी अपनाउने र फेस सिल्ड तथा अन्य स्वाथ्य मापदण्ड पालना गर्नेलगायतका निर्देशन सरकारले जारी गरेको छ। उक्त निर्देशनहरू सम्बन्धित कार्यालयहरूबाट कार्यान्वयन गराउन पनि मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ।

त्यस्तै, विदेशबाट नेपाल आउनेहरूमा कोरोना नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ। जारी आदेशानुसार अब विदेशबाट नेपाल आउनेले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म आइसोलेसन बस्नुपर्नेछ। आदेशमा भनिएको छ, ’विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रूपमा बस्ने।’