१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २ आइतबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री आलेद्वारा पशुपति धर्मशालाको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार १३:३७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला परिसरको अवलोकन गरेका छन्। बतास अर्गनाइजेसनलाई यसअघि नै भाडामा दिएर सञ्चालन गरिएको धर्मशालाको अवस्था निरीक्षण गर्न उनी त्यहाँ पुगेका हुन्। 

निरीक्षण गर्दै मन्त्री आलेले धर्मशाला निकै भव्य रहेको सञ्चारकर्मीहरूसँग बताएका छन्। उनले धर्मशाला सेभेन स्टार होटेलजस्तै रहेको बताउँदै आफू अचम्म परेको बताए। भारू २५ करोड खर्चेर  बनाइएको उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निर्माण भएको थियो। निर्माणपछि ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा धर्मशालाको उद्घाटन गरेका थिए। उक्त धर्मशाला नेपाल आउने भक्तजनलाई बसोवासका लागि निर्माण गरिएको हो। तर, प्रक्रिया पूरा नगरी बतास अर्गनाइजेसनले धर्मशाला सञ्चालन गरेको भन्दै पर्यटन मन्त्रालयले छानबिन थालेको छ। 

मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको सम्पत्तिभित्र के–के भइरहेको छ भन्ने विषयमा छानबिन गर्न समितिसमेत गठन गरिसकेका छन्। कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको छानबिन समितिले सोमबार  मन्त्री आलेसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।