रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम समझदारी हुने भएको छ।शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो।
दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको थियो।
बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग, परराष्ट्र र कानुन मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो। बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो। बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रूपमा सहभागी भएका थिए।
नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायती पक्षबाट आएको मन्त्रालयले जनाएको छ। नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको छ।
छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ। यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रूपमा रोजगारी भने सुनिश्चित हुनेछ। नेपाली श्रमिक लैजाने मोडालिटीबारे टुंगाे भने लागेको छैन।नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ।
बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ। नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन्। तीमध्ये २५ हजार विदेशमा छन्।नौ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्यांक छ।केही निजी अस्पतालमा कार्यरत छन्।
वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ।यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ। छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदै छन्। रासस
बेलायतमा नर्स लैजानेबारे एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
२ हप्ता अघि
सुझावित समाचार
११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना
काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१००…
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं/ निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने …