१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाैबुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघको तिलौराकोट बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक नौबुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। कपिलवस्तुको तिलौराकोटमा सम्पन्न बैठकले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भइरहेको भन्दै पेसागत सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरेको छ। 

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिलद्वारा पत्रकार र सञ्चारमाध्यमहरूमा गरेका विभेदकारी क्रियाकलाप र निर्णय अन्त्य गर्न माग गरिएकाे छ।  

लोककल्याणकारी विज्ञापन दोब्बर पार्न, विज्ञापन बोर्डको विज्ञापनसम्बन्धी नीति र कार्यविधि सच्याउन तथा समानुपातिक विज्ञापन प्रणाली लागू गर्न विशेष आग्रह गरेको छ।  त्यस्तै, स्वरोजगारमूलक मिडिया संरक्षणका लागि राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।