टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
२०७८ माघ १ शनिबार ०९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ जीप दुर्घटना : मृतकको संख्या छ पुग्यो (अपडेट)

Read Time : < 1 मिनेट
२०७८ माघ १ शनिबार ०९:१७:००

तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ६ बस्ने २४ वर्षीय रोसन गुरुङ, सोही ठाउँका ५३ वर्षीय हरी न्यौपाने, ९ महिनाकी आरुवी थापा, ४८ वर्षीय सुसीलादेवी न्यौपाने, ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीय बिमाया गुरुङ रहेका छन् । 

त्यस्तै दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँको २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, ७ महिनाकी बिबिसा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दान बहादुर थापा र २१ वर्षीय विपीन थापा रहेका छन् । उनीहरुको बन्दीपुर अस्पतालमा उपचार भैरहेको छ ।

शुक्रबार साँझ बाफेबाट धरमपानीतर्फ आउँदै गरेको ग१ज ६५५५ नम्वरको बोलेरो जीप बन्दीपुर गाउँपालिका– ६ हटियामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  जीप सडकबाट एक सय मीटर तल खसेको छ ।