Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ पौष ३० शुक्रबार २१:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस चौतारी संखुवासभाको अध्यक्षमा प्रेम निरौला 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ पौष ३० शुक्रबार २१:१४:००

प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा प्रेमप्रसाद निरौला सर्वससम्मत चयन भएका छन् । सदरमुकाम खाँदबारीमा सम्पन्न पाँचौँ अधिवेशनबाट निरौला अध्यक्षमा सर्वसम्मत चयन  भएका हुन् ।

समितिको उपाध्यक्षमा दृश्यदिव्य राई, सचिवमा दुर्गा कटुवाल, सहसचिवमा समीक्षा मगर र कोषाध्यक्षमा राेशनदीप राई चयन भएका छन् । निरौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । अधिवेशन नेकपा एमाले जिल्ला अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य संजीव कालाखेती, नेकपा एमाले १ नम्बर प्रदेश सदस्य राजेन्द्र थापा, एमाले जिल्ला कमिटी सदस्य लेखनाथ बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।