एमाले कालिकोटका अध्यक्षमा पाण्डे

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

एमाले कालिकोटको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई एक सय ३६ मतले पराजित गर्दै विजयी भएका हुन् । शुक्रबार घोषणा भएको अन्तिम मतपरिणाममा पाण्डेले चार सय ३३ मत पाएका थिए भने शाहीले दुई सय ९७ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा दयाराम सिंखडा तीन सय ८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले तीन सय ४४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सहसचिवमा व्यासी तिरुवा तीन सय ९० मत र मनराज शाही दुई सय ६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए । 

सुझावित समाचार