१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ पौष ३० शुक्रबार १३:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै ज्ञापनपत्र

Read Time : < 1 मिनेट
२०७८ पौष ३० शुक्रबार १३:२२:००

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाइएको छ। लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाइमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाइएको हो। वीरगन्जलाई राजधानी बनाउनलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार मुख्यमन्त्री राउतको घरअगाडि शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई स्थगित गरेर ज्ञापनपत्र बुझाइएको लोकतान्त्रिक समाजवादी पर्साका नेता सिंहले जानकारी दिए। 

उनका अनुसार कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै सरकारको निर्देशनलाई पालना गर्दै भिडभाड तथा भेला नगरी ज्ञापनपत्र बुझाइएको हो। 
ज्ञापनपत्र बुझाउने टोलीमा नेताहरू उमेशलाल सहनी, सुजित गिरीलगायतकाको सहभागिता रहेको थियो। 

गत मंगलबार वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा प्रदर्शन भएकाे थियाे गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता–कार्यकर्ताले वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए।