१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार १७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन् 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३७:oo

कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्दै आएका कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । महाकाली प्रादेशिक अस्पतालसहित जिल्लाका पालिकास्तरमा कार्यरत स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । केही पालिकाले पहिलो चरणकै भत्ता दिएका छैनन भने महाकाली अस्पतालसहितका केही पालिकाले दोस्रो चरणको महामारीमा खटिने स्वाथ्यकर्मीलाई अझैसम्म पनि जोखिम भत्ता उपलब्ध गराएका छैनन् । महाकाली अस्पतालका मेडिकल रेकर्डर उषा भट्टले पहिलो चरणको जोखिम भत्ता पाए पनि दोस्रो चरणको नपाएको बताइन् । 

भीमदत्त नगरका स्वाथ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पनि पहिलो चरणको मात्रै जोखिम भत्ता पाइएको बताए । ‘हामीलाई पहिलो चरणको मात्रै भत्ता दिइयो,’ उनले भने, ‘सरकारले घोषणा गरेअनुरूप दोस्रोको पाएका छैनौँ, कि त घोषणा नै गर्नुभएन, घोषणा गरे दिँदा राम्रो हुन्छ ।’ बेदकोट नगरका स्वास्थ्य सहायक सिद्धराज भट्टले पनि दोस्रो चरणमा फ्रन्ट लाइनमा खटिनेबाहेकका कोरोना रोकथामका लागि खटिनेलाई जोखिम भत्ता नदिएको बताए । ‘ल्याब र कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भत्ता दिइयो,’ उनले भने, ‘हामीलाई दिइएन ।’ बेलौरी नगरका कोभिड–१९ संयोजक मानबहादुर चन्दले पहिलो चरणमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइए पनि दोस्रो चरणको महामारीमा खटिनेलाई भत्ता नदिइएको बताए । बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले दोस्रो चरणको महामारीमा खटिने स्वास्थ्यकर्मीले भत्ता नपाएको बताए । ‘हामीलाई त खाजा खर्च मात्र दिइयो,’ उनले भने, ‘भत्ता दिएन ।’ 

कृष्णपुर नगरपालिका कोभिड फोकल पर्सन नन्दलाल बोहराले घोषणा गरेअनुरूपको जोखिम भत्ता नपाएको बताए । संघीय सरकारले तोकेअनुरूप भत्ता नपाएको उनको गुनासो छ । ‘सरकारले हामी स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेको छ,’ उनले भने, ‘घोषित रकम पनि माग्नुपर्ने अवस्था आयो ।’ 

दोधाराचाँदनी नगरपालिका कोभिड फोकल पर्सन जयबहादुर महराले पनि संघीय सरकारले घोषणा गरेअनुरूप जोखिम भत्ता नपाएको बताए । पुनर्वास नगरपालिका कोभिड फोकल पर्सन रामबहादुर धामीले पनि उही समस्या भएको बताए । उनले भने, ‘संघीय सरकारले तोकेअनुरूप हामीले जोखिम भत्ता पाएनौँ । काम गर्ने स्वाथ्यकर्मीको मनोबल गिराउने काम भयो ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल  पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा झन्डै साढे चार सय स्वास्थ्यकर्मी कार्यरत रहेको बताए । ‘जोखिम भत्ता खुवाउने काम पालिकाको हो,’ उनले भने, ‘हामीकहाँ पनि जोखिम भत्ता नपाएको गुनासो आएको छ ।’ 
 

ad
ad