१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Sunday, 11 May, 2025
२o७८ पौष २९ बिहीबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा हतियारसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २९ बिहीबार १७:२४:oo

जिल्ला प्रहरी कार्यालय सुनसरीले हतियारसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले इनरुवा– ३ महेन्द्रचोकबाट बुधबार साँझ एकजना र बिहीबार बिहान दुई थान हतियारसहित तीनजनालाई पक्राउ गरेको हो ।   

विशेष सूचनाका आधारमा खटिएको टोलीले इनरुवा– ३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र  प्लास्टिकभित्र ग्लोबल आइएम बैंक लेखेको कागजमा पोको पारेको बिएमएम केएफ लेखिएको एक राउन्ड गोलीसहित सुनसरी हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीका २० वर्षीय सबिर मियाँलाई पक्राउ गरेको हो । उनको साथबाट ज २ प ५१९४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

बिहीबार बिहानको समयमा सोही स्थानबाट प्रहरी टोलीले एक थान अटोमेटिक पेस्तोल, ७.६५ एमएमको ३ राउन्ड गोली र २ थान म्यागजिन बरामद गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की बस्ने वर्ष ३१ को सबरेज मियाँ, सोही स्थान बस्ने वर्ष २५ को सिकन्दर मलाहा र वडा नम्बर ६ बस्ने २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । सबिर मियाँको बयानको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले प्रयोग गरेको को १८ प ६२२५ र को ६ प १०९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा बिहीबार नै जिल्ला अदालत सुनसरीमा म्याद गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।