Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष २९ बिहीबार १६:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आफ्नै खर्चमा गएका कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ल्याए दुई स्वर्ण

Read Time : < 1 मिनेट
२०७८ पौष २९ बिहीबार १६:४०:००

बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेश गोजुरियो कराँते डाे संघको आयोजनामा गत डिसेम्बर २६ तारिखदेखि २९ तारिखसम्म चलेको बिजी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले दुई स्वर्णसहित दुई कास्य पदक जितेका हुन् । 

प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा कास्य पदक जिते । त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी कुमितेमा कास्य पदक जिते । आफ्नै निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । 

सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्बन्धमा ध्यानाकर्षण गराइने सम्मान जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

आगामी दिनमा प्रतियोगितामा अधिकतम पदक ल्याउने सितेरियो कराँतेलगायतका मार्सल आर्टस् र एथलेटिक्सका खेलाडीका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए । उनले कर्णालीमा बढीभन्दा बढी प्रतियोगिता आयोजना गर्नुपर्ने र विभिन्न प्रतियोगिताहरूमा खेलाडीको सहभागिता बढाउन कर्णाली सरकारले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।