मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २७ मंगलबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले ताप्लेजुङकाे अध्यक्षमा थेबे

Read Time : < 1 मिनेट
२०७८ पौष २७ मंगलबार १३:२७:००

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भूपेन्द्र थेबे निर्वाचित भएका छन् । उनी तीन सय २९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बलबहादुर साम्सोहाङले दुई सय ७३ मत प्राप्त गरे । 

त्यस्तै, उपाध्यक्षमा सन्तोष खतिवडा तीन सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  मातृका भट्टराईले दुई सय ४६ मत प्राप्त गरे । 

यस्तै, सचिवमा केशरकुमार मेन्याङ्बो, उपसचिवमा सहोदर दाजुभाइ मणिशंकर पोमु र दीपेन्द्र पोमु (दीपेन) निर्वाचित भएका छन् ।  एमाले ताप्लेजुङको ११औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा ६ सय ७१ मतदातामध्ये ६ सय ३५ जनाले मतदान गरेका थिए ।

त्यसैगरी, खुला सदस्यतर्फ १३, महिलातर्फ ६, दलिततर्फ तीन र भूगोलतर्फ दुईजना सदस्यका लागि निर्वाचन भएको थियो । नौवटा स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाबाहेकका अन्य तहबाट आउने भूगोलतर्फको सदस्य सर्वसम्मत भएका थिए ।