१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिस र ब्रिगेडबीच बराबरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइजसँग १–१ को बराबरी खेलेको छ । बराबरी नजितासँगै पुलिसलाई रेलिगेसन जोनमा पर्न सक्ने दबाब थपिएको छ । पुलिसले चार बराबरी, तीन हार तथा एक जित निकाली सात अंक जोडेको छ । पुलिस अंक तालिकाको ११औँ स्थानमा छ । ब्रिगेड ६ अंकका साथ १२औँ स्थानमा छ । 

रेलिगेन जोनभन्दा पुलिस दुई स्थान र ब्रिगेड एक स्थान मात्र माथि रहेको छ । पुलिस र ब्रिगेडबीचको खेल पहिलो पाँच मिनेट प्रतिस्पर्धात्मक देखिएको थियो । खेलमा भएको दुई गोल पहिलो पाँच मिनेटभित्र नै भएको थियो । खेलको दोस्रो मिनेटमै ब्रिगेडले १–० को अग्रता लियो । पुलिसका खेलाडी मैदानमा सेट हुन नपाउँदै ब्रिगेडलाई रोशन रानाले १–० को अग्रता दिलाएका हुन् । तर, ब्रिगेडले अग्रता केवल दुई मिनेट मात्र टिकाएको थियो । खेलको चौथो मिनेटमै पुलिसका लागि बुद्ध तामाङले १–१ को बराबरीमा पुर्‍याए । पहिलो तथा दोस्रो हाफमा दुवै पक्षले गोल अवसर खेर फालेका थिए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले ब्रिगेडका खेलाडी सुरुमै आक्रामक रूपमा प्रस्तुत भएकाले सम्हालिन नपाएको जनाए । ‘ब्रिगेड सुरुमै आक्रामक देखियो, हामी मैदानमा सम्हालिन नै पाएनौँ, जसका कारण सुरुमै गोल भयो,’ पुलिसका प्रशिक्षक थापाले भने, ‘रक्षापंक्तिको कमजोरी महसुस भयो ।’ प्रतिस्पर्धामा तीन अंक बटुल्न आएको बताउँदै उनले एक अंकमै सीमित भएको जनाए । ‘लिग तालिकामा राम्रो स्थान बनाउन तीन अंक बटुल्ने योजनाका साथ आएका थियौँ, तर पुछारमा रहेका तीन क्लबविरुद्ध जित निकाल्न सकेनौँ,’ थापाले भने । ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले रक्षापंक्तिको गल्तीमा गोल व्यहोरेको बताएका छन् । ‘सुरुमै गोल गर्ने रणनीति सफल भयो, तर एउटा कमजोरी र गल्तीले गर्दा गोल खान पुग्यो,’ श्रेष्ठले भने, ‘समग्रमा प्रदर्शन राम्रो नै रह्यो, यो बराबरीले रेलिगेसनको दबाब बढेको छ ।’ 

संकटालाई हिमालयन बैंकको प्रायोजन
काठमाडौं÷ सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन बैंक लिमिटेडले संकटा क्लबलाई प्रायोजन गरेको छ । हिमालयनले यस वर्षको लिगमा संकटालाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले संकटा क्लबका महासचिव वरमेशधोज बस्नेतलाई सोमबार प्रायोजनबापतको चेक हस्तान्तरण गरेका छन् ।