Skip This
थ्री स्टारको तेस्रो जित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २६ सोमबार o८:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री स्टारको तेस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार o८:३o:oo

पूर्वविजेता थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार हिमालयन शेर्पालाई २–० ले हराउँदै थ्री स्टार लिगको पाँचौँ स्थानमा उक्लेको छ । थ्री स्टारको यो लगातार दोस्रो जित हो । थ्री स्टार आड खेलबाट १३ अंक जोडेको छ । थ्री स्टारसँग पराजित हिमालयन ११ अंकका साथ छैटौँ स्थानमा झरेको छ । 

यसअघिका खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले तथा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको थियो । हिमालयनको लगातार तीन खेलसम्मको अपराजित यात्रामा टुंगिएको छ । यसअघि लगातार तीन खेलमा जित निकालेको थियो । पहिलो हाफमा थ्री स्टार र हिमालयनबीच गोलरहित बराबरी भएको थियो । खेलको ५६औँ मिनेटमा आत्मघाती गोलबाट थ्री स्टारले १–० को अग्रता लियो । थ्री स्टारका ऋतिकको फितलो टच हिमालयनका डिफेन्डर अमृत श्रेष्ठको खुट्टामा डिफेक्ट हुँदे गोल भएको थियो । 

हिमालयनका गोलरक्षक दीप कार्कीले अमृतको डिफेक्ट बल बचाउने धेरै प्रयास गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा थ्री स्टारले काउन्टर एट्याक्टमा दोस्रो गोल गर्‍यो । लाकेन लिम्बूको पासमा अन्सुमानाले अफसाइड बिट ट्याप गर्दै गोल गरेका हुन् । यसअघि खेलको खेलको १९औँ मिनेटमा अन्सुमाना क्रोमाहको पेनाल्टी बक्सभित्रको प्रहारलाई हिमालयनका डिफेन्डरले बचाएका थिए । 

३५औँ मिनेटमा अन्सुमाना क्रोमाको झन्डै ३० यार्ड टाढाको प्रहार गरेको बल हिमालयनको क्रसबारनजिक हुँदै बाहिरिको थियो । थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलाडी बिस्तारै फर्ममा आएको बताएका छन् । ‘बिस्तारै खेलाडीहरू लयमा फर्किएका छन्,’ श्रेष्ठले भने, ‘पहिलो हाफ निकै गाह्रो भएको थियो, यस अवधिमा हामी दबाब रह्यौँ ।’ दोस्रो हाफमा एक उपहार गोल पाएपछि थ्री स्टारले खेलमा पकड जमाएको उनले बताए । 

‘एक गोल उपहारका रूपमा निस्किएपछि हामी खेलमा फर्कियौँ, जसका कारण हामीले सहज जित निकाल्न सफल भयौँ,’ श्रेष्ठले भने । हिमालयनका प्रशिक्षक युगलकिशोर राईले पहिलो हाफमा थ्री स्टारमाथि दबाब राखे पनि गोल निकाल्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘मध्यान्तरअघि हामीहरूले निकै राम्रो खेल्यौँ, तर गोल भने निस्केन,’ राईले भने, ‘दोस्रो हाफमा खराब रह्यो ।’