१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७८ पौष २३ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जी–फोरका कर्मचारी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १७:o७:oo

नियमअनुसारको सेवा–सुविधा नदिएको भन्दै जी–फोरएस सेक्युरिटिज सर्भिसेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले २९बुँदे माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

कम्पनीले कोभिडको कारण देखाउँदै श्रम ऐनबमोजिम न्यूनतम पारिश्रमिक नदिएको अखिल नेपाल सेक्युरिटिज संघको आरोप छ । संघले श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, जिल्ला प्रशासन कार्यालय, सामाजिक सुरक्षा कोषलगायतलाई समेत ध्यानाकर्षण गराएको छ । 

संघले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ लागू गर्न माग गरेका छन् । त्यस्तै, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न, नियुक्तिपत्रको व्यवस्था गर्न, दुर्घटना बिमा कार्यान्वयन गर्न, औषधि उपचार बिमा, बिदा र ओभरटाइम ड्युटीको व्यवस्था गर्न, मौसमअनुसारको ड्रेस, रातिसम्म ड्युटी गर्नुपरेमा महिला कर्मचारीलाई सवारीसाधन व्यवस्था, बैंक वित्तीय, बहुराष्ट्रिय कम्पनीमा कार्यरत भत्ताको व्यवस्था, होटेलमा कार्यरत सेक्युरिटजको अन्य कर्मचारीसरह सेवाशुल्कको व्यवस्था, बैंकमा काम गर्ने सेक्युरिटिजलाई अन्य कर्मचारीसरह बोनस व्यवस्था, बोनस ऐनअनुसार वर्षैपिच्छे बोनसको व्यवस्था गर्न माग गरेका छन् ।