१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Sunday, 06 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २३ शुक्रबार १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला नेतृत्व सहमतिमा चयन गर्न अध्यक्ष ओलीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १३:३४:oo

एमाले अध्यक्ष केपी ओलीले जिल्ला नेतृत्व सहमतिबाटै चयन गर्न आग्रह गरेका छन्। शुक्रबार भर्चुअल माध्यमबाट पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न आग्रह गरेका हुन्।

पार्टीको दशाैँ महाधिवेशनमा धेरै हदसम्म सहमतिको प्रयास गरेको उल्लेख गर्दै उनले सहमतिबाटै जिल्ला नेतृत्व चयनमा जोड दिए। मन नखुम्च्याईकन नेतृत्वमा सहमति जुटाउन आग्रह गर्दै उनले अन्तिम अवस्थामा मात्र प्रतिस्पर्धामा जान आग्रह गरे।

‘हामीले हाम्रो पार्टीको दशाैँ महाधिवेशनमा पनि गर्‍याैँ । हामीले सहमतिका प्रयास पनि गर्‍याैँ, सहमति पनि धेरै ठाउँमा गर्‍याैँ । र, कहीँ कतै सहमति हुन नसक्दा अत्यन्तै स्वस्थ ढंगले, लोकतान्त्रिक अभ्यासको अर्को रूप पनि अपनायौँ,’ अध्यक्ष ओलीले भने, ‘आज पनि म सबै साथीहरूलाई सकेसम्म समझदारी, सहमति र एकताबद्ध भएर, मन नखुम्च्याईकन सहमतिमा पुग्न र अगाडि बढ्न, सहमतिका साथ नेतृत्व निर्माण गर्न र एउटा टिम स्पिरिटका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु।’