१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २३ शुक्रबार १o:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत कृषि कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १o:o७:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएको छ । बैंकले किसान कार्डमार्फत कर्जा उपलब्ध गराउनेसम्बन्धी आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । 

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनीता न्हेमाफुकी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फिकेयर प्रालिका निर्देशक सबिन मानन्धरले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।  

समझदारीअनुसार ग्लोबल आइएमई बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेसामा आबद्ध व्यावसायिक कृषकलाई आवश्यक मलखाद, बिउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने जनाइएको छ ।

नगरपालिका र आर एन्ड डी इनोभेटिभले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्ने उल्लेख छ । बैंकले अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाअनुसार ब्याज अनुदान प्रदान गरिने उल्लेख छ । कृषि सामग्री विक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्डमार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फिकेयर प्रालिले गर्ने जनाइएको छ । 

बैंकले देशका ७६ जिल्लामा दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।