१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केएमसी पुगे शिक्षामन्त्री, अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन्। केएमसीले एमबिबिएस अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क दिएको विषय बाहिरिएपछि मन्त्री पौडेल अनुगमनका लागि भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित केएमसी पुगेका शिक्षामन्त्री पौडेलले शुल्क विवादबारे जानकारी लिएका थिए। उनले कलेजलाई सरकारले तोकेभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले बढी शुल्क नलिएको प्रमाणित गर्न नसके कारबाही गर्ने प्रस्ट पारेका छन्। केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन गरिरहेका छन्।

काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीसँग पनि होस्टेल शुल्कका नाममा अतिरिक्त शुल्क उठाइरहेको खुलेको थियो। कलेजले नियमित विद्यार्थीबाट होस्टेलबाहेक पनि अतिरिक्त दुई लाख ३२ हजार पाँच सय ७९ रुपैयाँ उठाइरहेका छन्। रजिस्ट्रेसन, परीक्षा शुल्क, एफिलेसनबापत यो रकम लिन लागिएको हो। तर, चिकित्सा शिक्षा आयोगले यो रकम कुल शुल्क ४० लाख २३ हजारभित्रै पर्ने बताएको छ। एमबिबिएस अध्ययन सक्दा पाँच वर्षमा प्रत्येक विद्यार्थीबाट होस्टेल र अतिरिक्त शुल्कसमेत गर्दा २० लाख बढी उठाउन खोजिएको छ। चिकित्सा शिक्षा आयोगले कलेजकै होस्टेलमा बस्नुपर्ने अनिवार्य नभएको स्पष्ट पारेको छ । तर, केएमसीले होस्टेल अनिवार्य गरी मासिक २५ हजार शुल्क मागेको विद्यार्थीले बताएका छन् ।