१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकका एकै दिन ३२ नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१६:oo

मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर एकै दिन ३२ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले १५औँ वर्ष पार गरी १६औँ वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रमसहित नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  बैंकले डिजिटल माध्यमद्वारा केन्द्रीय कार्यालयबाटै ३२ वटै शाखाको उद्घाटन गरेको जनाएको छ ।

प्रदेश नं १ मा चारवटा, प्रदेश नं २ मा तीनवटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा दुईवटा, लुम्बिनी प्रदेशमा पाँचवटा र सुदूरपश्चिम प्रदेशमा दुईवटा शाखा सञ्चालनमा ल्याएको जनाइएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए । उद्घाटन समारोहमा अध्यक्ष ढकालले गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाका माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उद्घाटनमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको जनाइएको छ । 

 सामाजिक उत्तरदायित्वका कार्यक्रम
बैंकले सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको जनाएको छ । जसमध्ये विद्यालयमा स्टेसनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्टबिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय र पोखरा क्षेत्रीय कार्यालयमा गरेको रक्तदान कार्यक्रममा कुल दुई सय दुईजनाले रक्तदान गरेको जनाइएको छ । बैंकले गरेका सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको जनाइएको छ । 

ad
ad