१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नयाँ वर्षमा सहारा एपको नयाँ योजना, यात्रु र चालकलाई पाँच लाखको बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:४९:oo

राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बिमा योजना ल्याएको छ। यात्रु तथा पार्टनरका लागि पाँच लाखको दुर्घटना र एक लाख रुपैयाँको उपचार बिमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ। 

शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूको बिमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। 

सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ। यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बिमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।

पार्टनर र यात्रु दुवैले बिमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन्। सहारा एपमार्फत दुईपांग्रे र चारपांग्रे सवारीसाधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिसन नलिने घोषणा गरेको छ। बजारमा राइडर तथा पार्टनरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनुपरिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्‍याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए। उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ। यात्रुहरूले गुगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् भने चालकहरूले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन्। 

१ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झन्डै २० हजार पार्टनर आबद्ध छन्। सहाराले पार्टनर तथा यात्रुहरूलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समयसमयमा विभिन्न किसिमका अफरहरूसमेत सञ्चालन गर्दै आइरहेको छ।


 

ad
ad