१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनलाइन जर्नालिजम अवार्ड ढुंगानालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:२८:oo

अनलाइन पत्रकार संघले पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिजम अवार्ड’ प्रदान गरेको छ । संघको ११औँ साधारण सभामा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका हुन् । 
इन्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर पुरस्कार घोषणा गरेका थिए ।  यो पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । पुरस्कारको राशी ५० हजार रहेको छ । 

अक्षयकोषबाट आएको रकमबाट  संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघले जनाएको छ । 

पत्रकार कुवेर चालिसेको संयाेजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो । ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन् । 

कार्यक्रममा मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यम मूलधारको पत्रकारिता बनिसकेको बताए । 

ad
ad