१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला–टिंकर सडकखण्डको समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

दार्चुला–टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो।

समितिले जोखिम लिएर निर्माण क्षेत्रमा काम गर्ने नेपाली सेनालाई चालू आर्थिक वर्षभित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ। समिति सभापति कल्याणी खड्काले बैठकमा बोल्दै दार्चुला–टिंकर सडकखण्डको रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुंगाको चट्टान फोर्दा ढुंगाका टुक्राहरू सीमापारि जाने भएकाले समय–समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताइन्।

समितिले स्थलगत अध्ययन–अवलोकन भ्रमण प्रतिवेदन, २०७८ माथि छलफललाई आवश्यक परिवर्तन गरिएका विषयहरू कार्यान्वयन गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।