मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी संसदबाटै पारित हुन्छ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १६:१८:००

गृहमन्त्री बालकृष्ण खाणले सबै दलको सहमतिमा एमसिसी संसदबाटै पारित हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले एमसिसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए । गृहमन्त्री खाणले एमसिसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरूको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताए ।

उनले एमसिसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रूपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्‍याए । गृहमन्त्री खाणले भने, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन । र, यो नेपालको भौतिक विकासका लागि नै हो । जलस्रोतको धनी मुलुक नेपालमा अहिले प्रस्तावित भएका, निर्माणाधीन रहेका जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन भइसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । र, अघि भनेजस्तै त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत–साधन चाहिन्छ । र, त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दाखेरि सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो ।’ 

उनले सबै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने पनि बताए । गृहमन्त्री खाणले तीनवटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनाेट हुने गरी सबै तहको निर्वाचन हुने उनको भनाइ थियो ।