१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४५:oo

गृहमन्त्री बालकृष्ण खाणले पोखराको सुन्दरता र फेवालगायतका तालहरूको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै खाणले पोखराका तालहरूको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर सुरु भएको २३औँ सडक महोत्सवमा गृहमन्त्री खाणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भू–भागहरूमा २४ घण्टा नै रेस्टुरेन्ट खुलोस् भन्ने चाहना रहेको बताए।

गृहमन्त्री खाणले भने, ‘पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध छ। लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार छ। म चाहन्छु, देशका विभिन्न भू–भागमा २४ घण्टा नै रेस्टुरेन्ट खुलोस्। त्यसका लागि मलाई स्थानीय सरकारको सहयोग चाहिन्छ। हामी खोल्ने तरखरमा नै छौँ। तर त्यहाँका दाजुभाइ, स्थानीयहरूले के भन्नुभएको छ भने रातभर ठूला साउन्ड बक्समा आवाज आए हामी कसरी सुत्ने ?’

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सव कोभिड– १९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै आयोजना गरिएको बताइएको छ। महोत्सवमा २५ भन्दा बढी बाजागाजासहित सांस्कृतिक समूहको सहभागिता रहेको छ। त्यस्तै, महोत्सवस्थलमा ३० भन्दा बढी हस्तकलाका स्टल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, ह्विलचियर दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता गरिनेछन्।

ad
ad