मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १५ बिहीबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभर एलजीको रोड सो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १५ बिहीबार ०६:१७:००

एलजीका घरायसी सामानको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले देशभर रोड शो सुरु गरेको छ । कम्पनीले एलजीका उत्पादन प्रर्दशनका साथै वासिङ मेसिनको डेमोसहितको रोडसो सुरु गरेको हो । रोड सोमा वासिङ मेसिन, टिभी, एसी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरजस्ता एलजीका उत्पादनहरू प्रदर्शन गरिएको कम्पनीले जनाएको छ । बनेपादेखि सुरु भएको रोड सो कार्यक्रम गोरखा, बेँसीसहर, पोखरा हुँदै सुदूरपश्चिम महेन्द्रनगरदेखि सुर्खेतसम्म हुने जनाइएको छ । 

रोड सोको मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको कम्पनीको दाबी छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथसाथै यस वासिङ मेसिनको विशेषता पनि बताउने योजना रहेको जनाइएको छ ।

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको कम्पनीको दाबी छ । रोड सोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाका बारेमा ग्राहकलाई जानकारी दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ । रोड सोमा एलजीका कुनै पनि सामान खरिद वा बुकिङ गरेमा अतिरिक्त छुट प्रदान गरिने जनाइएको छ ।