१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शीतलहरको व्यवस्थापन गर्न स्थानीय तहलाई संघीय मामिलाको सर्कुलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३७:oo

चिसो बढेसँगै पूर्वतयारी थाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई भन्दै नौबुँदे परिपत्र गरेको छ । मंगलबार रातिदेखि देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएपछि बुधबार मन्त्रालयले स्थानीय तहलाई यस्तो परिपत्र गरेको हो ।

मन्त्रालयले वडा विपत् व्यवस्थापन समितिलाई क्रियाशील बनाई हरेक वडा तथा टोलमा चिसो मौसमका सम्भाव्य प्रकोप तथा सोबाट बच्ने उपायका सम्बन्धमा सचेतना जगाउने, आवश्यकताअनुसार दाउरा, इन्धन, कम्बलजस्ता सामग्रीको भण्डारण तथा वितरणको व्यवस्था मिलाउन भनेको छ । 

‘जाडो सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भागमा हिमपात र तराईका भूभागमा शीतलहरको जोखिम रहेको हुँदा सम्भाव्य प्रकोपहरूबाट सुरक्षित रहन स्थानीय तहले पूर्वतयारी र आवश्यक व्यवस्थापन गर्नुपर्नेछ । चिसोबाट बच्न आगो बाल्दा हुन सक्ने आगलागीलगायतबाट हुन सक्ने जनधनको क्षतिबाट बच्न स्थानीयवासीलाई सूचित गर्नुपर्नेछ,’ मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘चिसो मौसममा हुन सक्ने सम्भाव्य प्रकोपबाट असहाय तथा विपन्न ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउने ।’

आवश्यकताअनुसार न्यानो कपडाको भण्डारण तथा वितरण गर्ने, स्थानीय तहमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी हिमपात, चिसो र शीतलहरका लागि पूर्वतयारी तथा प्रतिकार्यको प्रबन्ध मिलाउने, स्थानीय तहमा मानवीय सहायतामा क्रियाशील सरोकारवाला निकाय र संस्थाहरूसँग नियमित समन्वय गरी अतिविपन्न तथा असहाय वर्गलाई आवश्यक परे खाद्यान्न तथा अन्य राहत उपलब्ध गराउन समन्वय गर्न मन्त्रालयले पठाएको परिपत्रमा उल्लेख गरिएको छ ।